जन्मदिनको अवसरमा १३६ बालबालिकालाई शैक्षिक सामग्री वितरण

0 Shares

जीवन कुमार राम , बैशाख २० ,रुपन्देही, रोहिणी गाउँपालिका–७ मा जन्मदिनको विशेष अवसरमा १३६ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। चमार कल्याण समाज साउदी अरबको कोषाध्यक्ष समाजसेवी विजय कुमार महराको सहयोग तथा चमार कल्याण समाज नेपाल रोहिणी गा.पा.को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानिय विद्यालयका बालबालिकाहरूलाई कापी, कलम, लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो।

कार्यक्रमको उद्देश्य शिक्षा क्षेत्रमा टेवा पुर्याउनुका साथै जन्मदिनलाई सामाजिक सेवामा रूपान्तरण गर्नु रहेको आयोजकले बताएका छन्।

समाजसेवी विजय कुमारले हरेक वर्ष जन्मदिनलाई सामाजिक कार्यमार्फत मनाउने प्रेरणा लिएर यस वर्ष पनि बालबालिकाहरूको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले सामग्री वितरण गर्नुभएको हो।

स्थानीय अभिभावक तथा समुदायका सदस्यहरूले यस्ता प्रयासले बालबालिकामा अध्ययनप्रतिको उत्साह वृद्धि हुने र सामाजिक उत्तरदायित्वको भावना विकसित हुने प्रतिक्रिया दिएका छन्।

सम्बन्धित समाचार

सबै