चमार कल्याण समाज नेपालले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत प्रधानमन्त्रि तथा मन्त्रि परिषदलाई ज्ञापनपत्र

0 Shares

रुपन्देही, सुरुङ्गा खबर, सप्तरी। चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपाल लुम्बिनी प्रदेश कमिटिले रुपन्देही प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे मार्फत प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यलयलाई चमार जातिहरु माथि भैरहेको हत्या, बलत्कार, हिसां को पिडकलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ। समाजका राष्ट्रिय अध्यक्ष दिनेश चमारको नेतृत्वमा गएको टोलीले चमार माथि भैरहेको अन्याय अन्त्य नगरे आफुहरु कडा रुपमा ति पिडकहरुको विरुद्धमा प्रतिकार गर्ने बताउनु भयो ।

­

समाजका लुम्बिनी प्रदेश प्रतिनिधि दिपक चमार , चमार कल्याण समाज सिद्धार्थनगर कमिटिका अध्यक्ष अनिल जैसवार चमार लगाएतले चमार (दलित) समुदायहरुको अधिकार अब आफु छिनेर लिने बेला आएको बताए छन ।

हाल लुम्बिनी प्रदेशमा पनि दलित(चमार)लाई सदैव दबाउने, जातिय विभेद गर्ने गरेको र पिडकहरुलाई नेताहरुले संरक्षण दिएकोले अब तिनीहरुको उल्टो गिन्ती सुरु गरेको प्रदेश सदस्य दिपक चमारले बताए । मधेश प्रदेशमा चमार, मुसहर, डोम समुदाय माथि भैरहेको हिसांको विरुद्धमा चमार कल्याण समाज नेपाल लुम्बिनी प्रदेश सदैव साथमा रहने नगर कमिटिका अध्यक्ष अनिलले बताए । उहाले अब पुर्ब होस वा अन्य कहि कतै चमार समुदायहरु माथि अन्याय भए आफुहरु त्यसको लागि आवाज उठाउने बताए ।

सम्बन्धित समाचार

सबै