सप्तरीमा नेपाल राम समाजको बैठक सम्पन्न, शिक्षा र संगठन विस्तारमा जोड

0 Shares

सुरुङ्गा सम्बाददाता
शम्भुनाथ । नेपाल राम समाज सप्तरीको जिल्ला बैठक चैत्र २१ गते शम्भुनाथमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष दिपेन्द्र राम को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा केन्द्रीय अध्यक्ष प्रथम लाल राम सहित महासचिव राधेश्याम राम, कोषाध्यक्ष बेलिदेवी राम, उपाध्यक्ष शम्भु राम, केन्द्रीय सदस्य सुजित राम, संगठन विभाग प्रमुख रुन्दि राम, सल्लाहकार जगजिवन राम तथा विभिन्न नगर अध्यक्षहरूको उपस्थिति रहेको थियो।
बैठकले राम समुदायको शैक्षिक तथा संगठनात्मक विकासलाई प्राथमिकता दिँदै महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेषगरी आगामी शैक्षिक सत्र २०८३ को वैशाख महिनाभित्र राम समुदायका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउने निर्णय गरिएको छ।
यसका साथै बैठकले निम्न निर्णयहरू पनि गरेको छः
१) वडा तहदेखि नगर तहसम्म बैठक आयोजना गरी २०८३ साल वैशाख मसान्तभित्र नगर अधिवेशन सम्पन्न गर्ने।

२) संगठनलाई सुदृढ बनाउन सदस्यता विस्तार गर्ने तथा सदस्यहरूलाई परिचयपत्र वितरण गर्ने।
३) २०८३ साल जेठ मसान्तभित्र जिल्ला समितिको अधिवेशन सम्पन्न गर्ने।
बैठकले समुदायको शैक्षिक पहुँच वृद्धि र संगठन सुदृढीकरणका लागि सबै तहमा सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार

सबै