सुरुङ्गा सम्बाददाता, फागुन १२
जन चेतना दलित संगमको सभाहल सुरुगा न.पा.४ कनकपुर मा मुक्त हरवा चरवा अधिकार सप्तरीको आयोजनामा सप्तरी निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधी सभासदस्यको उम्मेदबारहरु संग अन्तकृया बैठक गरी स्मरण पत्र बुझाएका छन ।


नेपालमा २०७९ श्रावण २ गते हरवा चरवा लगायत दास प्रथाको अन्त्य भइसकेको औपचारिक घोषणा भए तापनि तराई–मधेशका हरवा–चरवा समुदाय आज पनि व्यवहारतः बधुवा श्रम, भूमिहीनता, अशिक्षा, गरिबी, साहु–महाजनको ऋणको जाल, जातीय विभेद तथा नागरिकता समस्याबाट ग्रसित छन । संविधान २०७२ ले समानता, सामाजिक न्याय, आवासको अधिकार तथा दलित समुदायलाई एकपटक जमिनसहित बसोबासको व्यवस्था गर्ने स्पष्ट प्रावधान गरेको भए पनि व्यवहारमा हरवा–चरवा समुदायले अझैसम्म सुरक्षित बसोबास, जग्गा स्वामित्व र सम्मानजनक जीवनको प्रत्याभूति पाउन सकेका छैनन । विशेषगरी सप्तरी जिल्ला, त्यसमा पनि निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न पालिकाहरूमा पुस्तौंदेखि ऐलानी, पर्ति, नदी किनार, सार्वजनिक जग्गा तथा गाउँब्लक क्षेत्रमा बसोबास गर्दै आएका हरवा–चरवा तथा दलित परिवारहरू उठीबासको जोखिममा छन । विकास निर्माण, सडक विस्तार वा अन्य बहानामा बस्ती हटाउने, घर भत्काउने तथा मुद्दा मामिलामा फसाउने प्रवृत्तिले उनीहरूको जीवन झनै असुरक्षित बनेको छ । हरवा–चरवा समुदाय कृषि मजदुरीमा निर्भर, न्युन ज्याला , न्यून आय भएका, सामाजिक रूपमा पछाडि पारिएका र राज्य सेवाबाट वञ्चित समुदाय हुन । उचित पहिचान, आधिकारिक लगत, परिचयपत्र, पुनस्र्थापना योजना तथा लक्षित बजेट अभावका कारण राज्यको कार्यक्रम र सुविधाबाट समेत उनीहरू पूर्ण रूपमा लाभान्वित हुन सकेका छैनन । आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेदबारहरूले हरवा–चरवा समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने र चुनावी घोषणा पत्रमा स्पष्ट नीति, कार्यक्रम तथा प्रतिबद्धता समावेश गर्ने अपेक्षा समुदायले गरेको छ । हरवा चरवाको माग तथा सुझावहरूमा सार्वजनिक प्रतिबद्धता जनाइदिनको लागी प्रतिनिधी सभाका उम्मेदबारहरु लाई स्मरण पत्र बुझाएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भयो ।
उम्मेदबारहरु रमाकान्त चौधरी नागरीक उन्मुतिm पार्टी नेपाल, सिताराम साह रास्वपा, रुपक न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, रुवी कुमारी कर्ण नेपाली कम्युनिष्ट पार्टी, सनम कुमारी चौधरी लगायत अन्य उम्मेदबाहरुको सहभागी रहेको थियो । बाकी रहेका अन्य उम्मेदबारहरुलाई क्रमबद्ध रुपमा स्मरण पत्र बुझाउने योजना रहेको छ । मंचका जिल्ला अध्यक्ष देब लाल रामको अध्यक्षमा सम्पन्न कार्यक्रममा नगर संयोजक शोभित लाल राम, चनदेश्वरी सदा , विभिन्न जनसंगठनका अगुवा, दलित अधिकारकर्मि शलिता कुमारी सदा , जन प्रतिनिधी मानेf देबी सदा ,जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी देबी सदा , अन्य कर्मचारी गरी कुल ६० जनाको सहभागी रहेको थियो । कार्यक्रमको संचालन प्रेम विश्वकर्माले गर्नुभएको थियो ।