बिष्णु राम, वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा, निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार विना जैसवाल कुर्मीको नेतृत्वमा आज वीरगंज महानगरपालिका वडा नं. १ छपकैया क्षेत्रमा वडा भेला कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब ५०० जना व्यक्तिहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कुर्मीले देशमा सुशासन, विकास तथा जनताको अधिकार सुनिश्चित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सशक्त विकल्पका रूपमा अघि बढिरहेको बताइन्। उनले स्थानीय विकास, रोजगारी सिर्जना तथा जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
वडा भेलामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।