राप्रपा पर्साले पर्सा–२ बाट बिना जैसवाललाई उम्मेदवार घोषणा

0 Shares

बिष्णु राम, माघ ५

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्लाले पार्टीको नीति, सिद्धान्त र संगठनलाई अझ मजबुत बनाउने उद्देश्यका साथ पर्सा निर्वाचन क्षेत्र नं. २ बाट पूर्व सांसद बिना जैसवाललाई उम्मेदवार घोषणा गरेको छ।

पार्टीले आयोजना गरेको कार्यक्रममार्फत जैसवाललाई औपचारिक रूपमा उम्मेदवार घोषणा गरिएको हो। राप्रपाकी नेतृ जैसवालले जनताको हक–हित, धर्म–संस्कृति र राष्ट्रहितका मुद्दालाई केन्द्रमा राखेर राजनीति गर्दै आएको बताउँदै आगामी निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरेकी छन्।

उनले पार्टीका सबै नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई एकजुट भई पार्टीको अभियानलाई सफल बनाउन आग्रह समेत गरेकी छन्। “राष्ट्र, धर्म र जनताको पक्षमा स्पष्ट अडान राख्ने पार्टी राप्रपा हो,” उनले भनिन्, “सबैको साथ र सहयोगले परिवर्तन सम्भव छ।”

राप्रपा पर्साका नेताहरूले पनि जैसवालको उम्मेदवारीले जिल्लामा पार्टीलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पर्सा–२ मा राप्रपाको जनाधार विस्तार हुँदै गएको छ र यस पटक सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ।

राष्ट्र, धर्म र जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको राप्रपाले पर्सामा आफ्नो राजनीतिक उपस्थिति अझ सशक्त बनाउने तयारी गरेको देखिन्छ।

सम्बन्धित समाचार

सबै