शियाराम यादव १७ असोज
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको विस्तारित बैठक मंसिर १७ गते सखुवानान्कारकट्टी–४, खैर्बोनास्थित श्री आधारभूत विद्यालयमा सम्पन्न भयो। बैठक गाउँपालिका समिति अध्यक्ष नागेन्द्र कुमार यादवको अध्यक्षतामा चलेको थियो।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सत्य नारायण यादव मुख्य वक्ता रहे। केन्द्रिय सल्लाहकार समिति सदस्य खडक नारायण चौधरीले विशिष्ट वक्ताको रूपमा सम्बोधन गरे। समाजवादी विद्यार्थी यूनियन मधेश प्रदेश अध्यक्ष दिपेश यादव, जसपा जिल्ला उप–सचिव दिनेश महतो, जिल्ला कार्यकारीणी सदस्य प्रयाग लाल यादव, प्रतिनिधि सभा क्षेत्र नं. १(ख) का अध्यक्ष दिपेन्द्र कुमार यादव, पूर्व वडा अध्यक्ष महेन्द्र प्रसाद यादव र जसपा नगर अध्यक्ष राम उदगार महतो लगायतका नेताहरूले पनि आफ्नो विचार राखे।
बैठकमा पार्टी संगठन सुदृढीकरण, आन्तरिक समन्वय, स्थानीय राजनीतिक अवस्था र आगामी सांगठनिक रणनीतिबारे विस्तृत छलफल भयो। सहभागीहरूको उपस्थिति उत्साहजनक रहेको आयोजक समितिले जनाएको छ। पार्टीले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादका मूल्यलाई मजबुत बनाउँदै संगठनलाई अझ सक्रिय बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको आयोजना जसपा सखुवानान्कारकट्टी गाउँपालिका समिति, सिरहाले गरेको हो।