
धर्मेन्द्र कुमार कुर्मी
सुरुङ्गा खबर, सप्तरी। कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सञ्चालित टिबिसी उत्प्रेरकहरुकाे लागि ३ दिने तालिम सम्पन्न भएको छ । बुधबार गुगाैली स्वास्थ्य चाैकीमा साे तालिम सम्पन्न भएको जनाइएको छ । स्थानीय समुदायमा शौचालय निर्माण र पूर्ण सरसफाई अभियानमा सक्रियताका लागि टिबिसी उत्प्रेरकहरुलाई उक्त तालिम दिएकाे हाे ।
तालिम पश्चात् उत्प्रेरकहरुले संस्थाले सञ्चालन गरेकाे क्षेत्रभित्र व्यापक रुपमा गाउँ-गाउँ र घर-घरमा जनचेतना जागृत गराउँदै शाैचालय निर्माण र पूर्ण सरसफाई अभियानमा लाग्ने उद्देश्यसहित तालिम दिएकाे हाे । सेचेन करुणाकाे आयाेजना र करुणा सेचेनकाे सहयोग र विजयनगर गाउँपालिकाकाे समन्वयमा गुगाैली स्वास्थ्य चाैकीमा कार्यक्रम भएको सेचेन करुणाका जिल्ला प्रमुख हुमलाल अधिकारीले जानकारी दिए ।
अधिकारीले शौचालयको निर्माण र सरसफाईले स्वास्थ्य र स्वच्छता सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “स्वच्छता अभियानले मात्र स्वास्थ्य लाभ गर्दैन । यसले हाम्रो जीवनशैलीलाई पनि सुधार्न मद्दत गर्छ ।” उनले स्थानीय विकासमा पनि यस अभियानले अहम भूमिका खेल्ने बताउँदै सबैले अनिवार्य रुपमा शाैचालयकाे निर्माण र सरसफाई अभियानमा हातेमालो गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा विभिन्न वक्ताहरूले शौचालयको उचित प्रयोग र सरसफाईका फाइदाबारे जानकारी गराएका थिए । सबैले गाउँमा स्वास्थ्य र स्वच्छता प्रवर्धनमा सक्रिय सहभागी हुने प्रतिबद्धता जनाएका छन् । शौचालय र सरसफाईको महत्वको बारेकाे अभियानमा स्थानीयलाई सहभागी गराई जसले शौचालय निर्माण र सरसफाईका लागि आवश्यक कदमहरू अपनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सेचेन करुणाका कर्मचारीहरु, सकिरा खातुन, दयाराम शर्मा, प्रमिला अर्याल, हरिशंकर उपाध्याय लगायतकाे उपस्थिति थियोे