0
Shares

शियाराम यादव, श्रावण -२२
सुरुङ्गा खबर, सप्तरी। काठमाडौँ स्थित KMC Hospitalमा करिब दुई महिनादेखि उपचाररत लहान–२३ निवासी हरी मोहन मुखियाको उपचारक्रममा मृत्यु भएको छ। परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा करिब ११ लाख रुपैयाँ खर्च भइसके पनि अस्पतालले अझै १ लाख ५० हजार रुपैयाँ बाँकी रहेको भन्दै शव नदिएको पीडादायी अवस्था सिर्जना भएको थियो।मानवता र सामाजिक भावनाले प्रेरित भई केही सहयोगी हातहरू अघि बढेर र आवश्यक परेको रकम संकलन गरी शव ल्याउन सहयोग गरेका छन्। संकलित रकम साथीहरूको माध्यमबाट अस्पतालमा बुझाइएपछि शव जिल्ला पठाइएको र दिवंगतलाई आफ्नै गाउँमा अन्तिम श्रद्धाञ्जली दिने तयारी भइरहेको परिवारले जनाएको छ।
यस सहयोगी अभियानमा गायक राजिब राजको विशेष समन्वय र योगदान रहेको भन्दै सहयोगीहरूले आभार व्यक्त गरेका छन्।