नारायणी अस्पताल प्रकरण: प्रजिअ र सांसदसँग चिकित्सकहरूको तीव्र भनाभन

0 Shares

बिष्णु राम, पर्सा १२ साउन

सुरुङ्गा खबर। नारायणी अस्पताल विवाद समाधानका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दहालले बाेलाईएकाे सर्वदलीय बैठकमा उपस्थित हुन गएका चिकित्सकहरूले उल्टै प्रजिअ र सांसदहरूलाई तथानाम भन्दै थर्काएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दहालले जिल्ला प्रशासन कार्यालयमा अ‌ाएका चिकित्सकहरूलाई सर्वदलीय बैठकमा जान अग्रह गरेपनि चिकित्सकहरू भने नमानि विवाद गर्दै फर्केका छन् । प्रजिअ दहालले मेराे कार्यालयकाे जिम्मेवारी मलाई लिनुपर्छ तपाईंहरू कार्यरत अस्पतालमा मृत्युु भएको परिवारजनलाई तपाईहरूले किन चित बुझाउनु भएन् भन्दै छलफल गरेर समाधान निकाल्न बारम्बार अ‌ाग्रह गरेका थिए । प्रजिअ दहालकाे अ‌ाग्रह बेवास्ता गर्दै चिकित्सकहरूले हामीलाई परिवारका व्यक्ति वा सर्वदलीय बैठकसँग कुरा नै गर्नु छैन् भन्दै केही चिकित्सकहरू जङ्गिएका थिए ।

बैंठकमा सहभागीले बताए अनुसार हेटौंडामा चिकित्सक पेशा मै कार्यरत नेपाल चिकित्सक संघकम केन्द्रीय सदस्य डा. अमित झा भन्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीलाई तथानाम सुनाएका थिए । उनले प्रजिअ दहाललाई सिसि क्यामरामा देखिएकालाई अहिलेसम्म किन नपक्रेकाे भन्दै दुई मिनेट मै सरूवा गरिदिन्छु भन्दै जङ्गिएका थिए । उनलेे तथानाम बाेल्दै याे बैठकमा हामी अ‌ाउन चाहेकाे थिएन् मेसुले किन बाेलाएकाे भन्दै जङ्गिएका थिए । झाले “मैले पटकपटक भनेको छु सिसि क्यामरामा देखिएकालाई पक्राउ गर्न तिनीहरूलाई नपक्रेर के गर्न खाेजेकाे” भन्दै प्रजिअ माथि पड्केका थिए ।

चिकित्सककाे मागको विषयमा केही कुरा नराखी सिसी क्यामरा हेरेर थुनदिनुस् भन्दै गर्दा पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकले जसकाे मृत्यु भएको छ उसको बाबू काम क्रियामा बसेका छन् त्यसलाई पनि थुनदिने हाे भन्दै प्रतिप्रश्न गरेका थिए ।
त्यसपछि झाले तिनीहरूलाई नपक्रेर के गरेको नि अहिले सिडियाेले राजिनामा देअ‌ाेस् नभए १२ घण्टामा कहाँ फाल्छु थाहा हुदैन् भन्दै थर्काएकाे सहभागीले बताए ।

तथानाम बाेल्दै सिडियाेकाे राजिनामा समेत माग्दै हाेहल्ला गर्न थालेपछि प्रदेश सांसद रमेश पटेलले यसरी किन बाेल्नुभएकाे भन्दै प्रतिप्रश्न गरेका थिए, झाले उल्टै तपाई चुपनुस् तपाई जस्तो सांसद मेराे घरमा ३/३ वटा छन् भनेर प्रदेश सांसद रमेश पटेललाई थर्काएका थिए ।

त्यसपछि पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कानुले यसरी समस्या समाधान हुन्छ, मुल विषय सर्वदलीय बैठकको हाे मृत्कका परिवार, सेनाका प्रमुख, नेपाली कांग्रेस, एमाले लगायतका साथीहरू बसेका छन् छलफल गराैँ भनेका थिए । सांसद कानुलाई अर्को हड्डीका चिकित्सक डाक्टर राकेश यादवले मेराे घरपनि बहुदरमाई हाे, त्याे तपाईं कै क्षेत्र हाे म पनि देखाईदिन्छु भन्दै ति सांसद कानुलाई थर्काएकाे सहभागीले दाबी गरेको छ ।

प्रजिअ भाेला दहाल, संघिय सांसद कानु, प्रदेश सांसद पटेल लगायतले पटकपटक सर्वदलीय बैठकमा सहभागी हुन् अ‌ाह्वान गरेपनि बैठकमा बस्न नमानेपछि हाे हल्ला मचेकाे थियो । सहभागीहरू माथि नै तथानाम बाेल्न थालेपछि प्रहरीले मृत्क परिवारजन लगायतसँग विवाद नहाेस् भन्दै चिकित्सकहरूलाई बाहिर निकालिएकाे थियाे ।

डा. उदय नारायण सिंह, चिकित्सक संघका डा. मनाेज गुप्ता लगायतले हामीले अ‌ाेपिडि खाेल्दैनाैँ भन्दै बाहिरीएका थिए । भित्र बैठक कक्षमा मृत्क परिवारजन, सर्वदलीय नेताहरू बैठक कुर्दाकुर्दै निष्कर्ष विहिन सकिएको छ । यता घटनामा खुलेजस्तै नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत ।

सम्बन्धित समाचार

सबै