सुकुम्बासी बालिकाको टाउकोमा गम्भीर चोट, उपचारका लागि आर्थिक सहयोगको अपिल

0 Shares

जीवन कुमार राम, कडरबोना । सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका–३, गौरा चौककी एक सुकुम्बासी बालिका राधिका कुमारी रामको टाउकोमा गम्भीर चोट लागेर हाल धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया (अपरेसन) भईरहेको छ। खेल्ने क्रममा चौखट खस्दा टाउकोमा ठोक्किएर गम्भीर अवस्था भएपछि उनलाई तत्काल धरान लगिएको हो।

राधिका स्वर्गीय संजय कुमार रामकी छोरी हुन्। उनका आमासहित परिवारमा चार छोरी र एक सानो छोरा गरी ६ जनाको परिवार रहेको छ, जो अहिले घरवारविहीन सुकुम्बासी जीवन बिताइरहेका छन्।

 

डाक्टरले अपरेसनपछि केही दिन आईसीयूमा राख्नुपर्ने बताएको भए पनि उपचार खर्च अभावका कारण अपरेसन र औषधि उपचारमा कठिनाइ आइरहेको परिवारका सदस्यहरूले बताएका छन्।

 

परिवारले सम्पूर्ण सहयोगी मनहरू, दानदाताहरू, सामाजिक संघसंस्था तथा देश–विदेशमा रहनु भएका नेपालीहरूलाई आर्थिक सहयोगको लागि विनम्र अनुरोध गरेका छन्।

 

सहयोग गर्न सकिने बैंक विवरण:

 

बैंक: सनिमा बैंक, राजविराज शाखा

 

खाता नाम: Mamta Kumari Ram

 

खाता नम्बर: 058011090001337

 

Sanima Nari Bachat NPR: 00013616386

 

सम्पर्क व्यक्ति: रुन्दीलाल राम – 9807725455

 

परिवारले “हामी असहाय छौं, छोरीको ज्यान बचाउन तपाईंहरूको सानो सहयोगले ठूलो अर्थ राख्नेछ” भन्दै अपिल गरेका छन्।

सम्बन्धित समाचार

सबै