सिरहाबाट राष्ट्रपति शिल्ड खेलाडीलाई बिदाई, संयोजक महतोद्वारा शुभकामना

0 Shares

शियाराम यादव ,जेष्ठ -२४

सुरुङ्गा खबर। आज शनिबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन लागेका सिरहा जिल्लाका ६० जना खेलाडीहरू र प्रशिक्षक (कोच)लाई दोसल्ला ओढाई बिदाई गरिएको छ।

जिल्ला समन्वय समिती सिरहाका प्रमुख तथा जिल्ला सल्लाहकार समिति संयोजक दिनेश कुमार महतोले लहानबाट प्रतियोगितामा सहभागी टोलीलाई बिदाई गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको हो।

बिदाई समारोहमा स्थानीय शिक्षक, अभिभावक, खेलप्रेमीहरू लगायतको उपस्थिति रहेको थियो। संयोजक महतोले खेलाडीहरूको मनोबल उच्च राख्दै उनीहरूले प्रदेशस्तरमा जिल्लाको नाम उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

सबै