रामगढवा स्थित श्री रामजानकी आधारभूत विद्यालयको शिलान्यास सम्पन्न

0 Shares

बिष्णु राम सुरुङ्गा खबर पर्सा, बिरगंज महानगरपालिका वडा नं. २४, रामगढवामा अवस्थित श्री रामजानकी आधारभूत विद्यालयको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त शिलान्यास माननीय बिना जैसवाल कुर्मी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष जगनाथ प्रसाद कुर्मी, पार्टीका जिल्ला प्रवक्ता मनोज मिश्रा, माननीय बिना जैसवाल कुर्मी ज्यूका स्वकीय सचिव पनालाल पटेल, दलित उत्पीडित उत्थान संगठनका जिल्ला अध्यक्ष विष्णु राम, ४ नं क्षेत्रीय अध्यक्ष राजकिशोर यादव लगायत राष्ट्रिय प्रजातन्त्र पार्टीका अग्रज नेताहरुको विशेष उपस्थिति रहेको थियो।

उक्त अवसरमा वक्ताहरुले शिक्षा क्षेत्रको विकासका लागि विद्यालयको पूर्वाधार निर्माण अत्यावश्यक रहेकोमा जोड दिंदै रामगढवामा गुणस्तरीय शिक्षाको पहुँच बढाउन यस्तो पहल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।

शिलान्यास कार्यक्रम स्थानीय समुदाय, अभिभावक, विद्यालय परिवार र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको थियो।

सम्बन्धित समाचार

सबै