0
Shares
सुरेन्द्र महरा सुरुङ्गा खबर, सप्तरी।सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–२ (नहरा रेगौल) निवासी सैनी रामका सुपुत्र ४५ वर्षीय राजकुमार रामको असामयिक निधन भएको खबरले सम्पूर्ण चमार समुदायलाई स्तब्ध बनाएको छ। स्व. रामको निधनले समाजमा अपूरणीय क्षति पुगेको छ।

स्व. राजकुमार राम एक सज्जन, समाजसेवी तथा कर्मशील व्यक्ति थिए। उहाँको योगदान समाजमा सधैं सम्झना गरिनेछ। उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै चमार कल्याण समाज नेपाल, राष्ट्रिय समन्वय परिषद साउदी अरबले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
यस दुःखद घडीमा समाजको तर्फबाट स्व. राजकुमार रामको परिवारलाई रु. १०,००० (दश हजार रुपैयाँ) नगद आर्थिक सहयोग प्रदान गरिएको छ।
समाजका दुखमा साथ रहने उद्देश्यले गरिएको यो सहयोगले परिवारलाई केही राहत मिलोस् भन्ने विश्वास व्यक्त गरिएको छ।