राप्रपा पर्सा जिल्ला कार्य समिति कार्यालयको उद्घाटन सम्पन्न

0 Shares

बिष्णु राम  सुरुङ्गा खबर, सप्तरी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला कार्य समिति अन्तर्गतको नयाँ कार्यालयको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।

 

समारोहको प्रमुख अतिथि राप्रपा मधेश प्रदेश अध्यक्ष भरत गिरि थिए। उनले विधिवत् रुपमा रिबन काटेर कार्यालय उद्घाटन गरे। कार्यक्रममा उनले राप्रपाको संगठन सुदृढीकरण र पार्टीलाई जनस्तरमा अझ सशक्त बनाउने आवश्यकता रहेको उल्लेख गरे।

 

उक्त अवसरमा राप्रपा जिल्ला अध्यक्ष, विभिन्न स्थानीय तहका प्रतिनिधिहरू, पार्टीका कार्यकर्ताहरू र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रदेश अध्यक्ष गिरिले पार्टीको नीति, कार्यक्रम र आगामी योजनाहरूका बारेमा जानकारी गराउँदै सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।

 

उक्त कार्यालय उद्घाटनसँगै राप्रपा पर्साले आफ्नो संगठनात्मक कार्यतालिकालाई अझ व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त

गरिएको छ।

 

सम्बन्धित समाचार

सबै