भारतको ‘अपरेसन सिन्दूर’: पाकिस्तान नियन्त्रित क्षेत्रमा मिसाइल आक्रमण, ३० को मृ’त्यु

0 Shares

सुरुङ्गा खबर, सप्तरी – वैशाख २५ – भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको दाबी भारतीय सञ्चार माध्यमहरूले गरेका छन्। “अपरेसन सिन्दूर” नाम दिइएको यस कारबाहीमा भारतले पाकिस्तान नियन्त्रित काश्मिर र अन्य क्षेत्रहरूमा रहेका आतङ्ककारी अड्डाहरूलाई लक्ष्य बनाएको जनाइएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार, सो आक्रमणमा कम्तीमा ३० जना आतङ्ककारीको मृ’त्यु भएको छ। भारतले यो कारबाही हालै पहलगाममा भएको हिन्दु तीर्थयात्रीहरूको ह’त्याको जवाफस्वरूप गरेको दाबी गरेको छ। भारतीय सेनाले पाकिस्तानी सेनाको छाउनीमा नभई आतंकवादी समूहहरूको सुरक्षित अड्डा रहेको क्षेत्रमाथि लक्षित रूपमा आक्रमण गरिएको बताएको छ।

यसबीच, पाकिस्तानले भने भारतको आक्रमणमा ८ जनाको मृ’त्यु भएको र ३५ जना घा’इते भएको जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले भारतको उक्त कदमको कडा निन्दा गर्दै “यसको कठोर जवाफ दिइनेछ” भन्ने चेतावनी दिएका छन्।

दुवै देशको सीमावर्ती क्षेत्रमा स्थिति तनावपूर्ण बनेको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ।

सम्बन्धित समाचार

सबै