सुरुङ्गा खबर, जनकपुरधाम, वैशाख २० – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आज प्रदेशसभा परिसरको सौन्दर्यकरण तथा पूर्वाधार विकास योजनाअन्तर्गत तीन संरचनाको शिलान्यास गर्नुभएको छ।
सभामुख मण्डलले प्रदेशसभा परिसरमा निर्माण हुन लागेको पानीको फोहोरा (फाउन्टेन), मुख्य प्रवेशद्वार तथा अन्य सहायक प्रवेशद्वारहरूको निर्माण कार्यको आज औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।
प्रदेशसभा भवनको वातावरणलाई अझ आकर्षक, व्यवस्थित र पहुँचयोग्य बनाउने उद्देश्यले योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम अघि बढाइएको सभामुख मण्डलले बताउनुभयो।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सचिवालयका उच्च पदस्थ अधिकारीहरू, प्राविधिक टोली तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सरकारले सार्वजनिक संरचना तथा सार्वजनिक क्षेत्रको सौन्दर्यकरणमार्फत नागरिकलाई सेवा सुविधा पु¥याउने दिशामा यो योजना महत्वपूर्ण रहेको जनाइएको छ।