कपिलवस्तुको विजयनगरमा अवैध सिसौ काठ करिब ११० क्यूबिक फिट ४ लाखको काठ मिल सञ्चालक नियन्त्रणमा

0 Shares

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु। इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले विजयनगर गाउँपालिका–७ दत्तपुरदेखि भारतको परसरामपुर जाने सडकमा नेपालतर्फ रहेको निसा तथा काठ मिल उद्योगमा छापा मारेर लुकाइछिपाइ राखिएको ९ वटा सिसौ (सिसम) काठका गोलिया बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद काठको परिमाण करिब ११० क्यूबिक फिट रहेको छ।

४ लाखको उक्त काठसँग सम्बन्धित अनुसन्धानका क्रममा काठ मिलका सञ्चालक (साहु) लाई समेत नियन्त्रणमा लिइएको छ।

बरामद काठ र नियन्त्रणमा लिइएका मिल सञ्चालकलाई आवश्यक कानुनी कारबाहीका लागि ठकुरापुर सब-डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै