0
Shares
जीवन कुमार राम कडरबोना असार १८ — सुरुङ्गा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका ७ जना छात्रछात्रा SEE परीक्षामा A+ ग्रेड ल्याएवापत नगरपालिकाद्वारा नगदसहित सम्मानित भएका छन्।
जनता माध्यमिक विद्यालय, शिशुवारीकी कृतिका थापा मगरले सर्वाधिक अंक ल्याएबापत १ लाख रुपैयाँ प्राप्त गरिन्। अन्य ६ विद्यार्थीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिएको थियो।
नगर प्रमुख गीता चौधरी, वडा अध्यक्ष देबेन्द्र प्रसाद चौधरी, प्रशासकीय अधिकृत गोरखनाथ मिश्र, शिक्षा शाखा प्रमुख दिनेश कुमार यादव लगायतको उपस्थिति रहेको कार्यक्रममा चौधरीले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रेरित गर्न यो कार्यक्रम ल्याइएको बताइन्।
उनका अनुसार आगामी वर्षदेखि GPA अनुसार पुरस्कार रकम थपिनेछ। कार्यक्रममा अन्य वक्ताहरूले नगरको शैक्षिक गुणस्तर बढाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।