सुरुङ्गामा वडा स्तरीय पूर्ण खोप सुनिश्चितता कार्यक्रम सम्पन्न

0 Shares

जीवन कुमार राम असार १ कडरबोना 

सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको वडा नं. ६ मा वडा स्तरीय पूर्ण खोप सुनिश्चितता, दिगोपन तथा प्रमाणिकरण घोषणा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम २०८२ साल असार १ गते आइतवारका दिन प्राथमिक स्वास्थ्य सेवा केन्द्र कडरवोना परिसरमा आयोजित गरिएको थियो। यस कार्यक्रमको आयोजन सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा, मधुपट्टी, सप्तरीले गरेको हो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चिततामा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रमको उद्देश्य ५ वर्षमुनिका बालबालिकालाई आवश्यक सम्पूर्ण खोप सुनिश्चित गर्नु, दिगोपन कायम राख्नु र खोप सेवा प्रवाहमा प्रमाणिकरणमार्फत विश्वासिलो बनाउनु रहेको जनाइएको छ।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा सरोकारवाला निकायको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले पूर्ण खोप सुनिश्चितताले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

सबै