सुरुङ्गा सम्बाददाता , फागुन ४
शुक्लाफाँटा । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय शुक्लाफाँटाले चौथो ग्राहक/सदस्य गुनासो सुनुवाइ (इकाई भेला) तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा प्रादेशिक कार्यालयबाट प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृतहरू सुवास श्रेष्ठ तथा तपेन्द्र बहादुर साउद, साथै पुष्पराज अधिकारी लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, शुक्लाफाँटा शाखाका शाखा प्रबन्धक कुलेश्वर कुमार रामको नेतृत्वमा शाखा टोली, आदरणीय शेयरधनी महानुभावहरू, विभिन्न निकायका प्रतिनिधिहरू, ग्राहक सदस्यहरू, अभिभावकहरू तथा शुभचिन्तकहरूको गरिमामय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा ग्राहक सदस्यहरूको गुनासो सुनुवाइ गर्नुका साथै वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले वित्तीय सचेतना अभिवृद्धि तथा संस्थाप्रति विश्वास सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्तव्यनिष्ठ तथा इमान्दार कर्मचारीहरू, सहयोगी सदस्यहरू तथा सम्पूर्ण सहभागीप्रति शाखा कार्यालय शुक्लाफाँटाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।
कार्यक्रमको समापनसँगै संस्थाले आगामी दिनमा पनि ग्राहक सेवा सुदृढीकरण, वित्तीय पहुँच विस्तार तथा वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।