जन चेतना दलित संगमद्वारा विभिन्न पदमा कर्मचारी माग

0 Shares

जीवन कुमार राम,कडरबोना । गैरसरकारी संस्थाको रूपमा विगत २२ वर्षदेखि दलित, गरिब, महिला, बालबालिका, भूमिहीन तथा हरुवा–चरुवा समुदायका अधिकार, हित र सशक्तीकरणका क्षेत्रमा शिक्षा, स्वास्थ्य, आयआर्जन, जलवायु परिवर्तन तथा भूमि अधिकार सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले हाल द फ्रीडम फन्डको सहयोगमा सञ्चालित हरुवा–चरुवा सशक्तीकरण कार्यक्रमअन्तर्गत कर्मचारी माग गरेको हो।

संस्थाले १८ वर्ष उमेर पूरा गरेका तथा तोकिएका योग्यता पूरा गर्ने इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

माग गरिएका पदहरू

१. सामाजिक परिचालक (Social Mobilizer) – १ जना

योग्यता:

  •  न्यूनतम कक्षा १२ उत्तीर्ण (स्नातक तह उत्तीर्णलाई प्राथमिकता)
  •  सामाजिक वा सामुदायिक विकास क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव

कार्य विवरण:

  •  हरुवा–चरुवा सशक्तीकरण कार्यक्रमको फिल्ड स्तरमा समन्वय तथा कार्यान्वयन
  •  समुदाय परिचालन, बैठक व्यवस्थापन तथा सहजीकरण
  • स्थानीय सरकार, विद्यालय तथा सरोकारवाला निकायसँग समन्वय
  •  कार्यक्रम प्रगति प्रतिवेदन तयारी

२. ट्युसन सहजीकर्ता (Tuition Facilitator) – ६ जना

योग्यता:

  •  न्यूनतम कक्षा १२ उत्तीर्ण
  •  सामाजिक वा सामुदायिक विकास क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव

कार्य विवरण:

  • हरुवा–चरुवा समुदायका बालबालिकाका लागि ट्युसन कक्षा सञ्चालन
  •  बालमैत्री सिकाइ वातावरण सिर्जना
  •  विद्यार्थीको नियमित उपस्थिती तथा शैक्षिक प्रगति अनुगमन
  •  अभिभावक तथा विद्यालयसँग समन्वय
  • हरुवा–चरुवा महिला समूह गठन तथा परिचालनमा सहयोग

कार्यक्षेत्र

कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका (सप्तरी जिल्ला)

  • सेवा सुविधा संस्थाको नियमअनुसार हुनेछ।

आवेदन प्रक्रिया

इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (Resume), शैक्षिक प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, कभर लेटर तथा सन्दर्भ व्यक्तिको विवरण सहित janachetana2078@gmail.com मा २०८२ फागुन ५ गते (February 17, 2026) भित्र आवेदन पेश गर्नुपर्नेछ।

अन्य जानकारी

  •  छनोटमा परेका उम्मेदवारलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षामा सहभागी गराइनेछ।
  •  स्थानीय बासिन्दा, महिला तथा दलित समुदायका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

सम्पर्क ठेगाना:

जन चेतना दलित संगम

सुरुङ्गा नगरपालिका–४, कनकपुर, सप्तरी, नेपाल

सम्बन्धित समाचार

सबै