
जीवन कुमार राम, काठमाडौं। हामी सबैको आवाज नेपाल को आयोजनामा कीर्तिपुर–१ स्थित श्री बाघभैरव मन्दिर परिसरमा संस्कृति सम्पदाको संरक्षण र सरसफाइ अभियान सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता पप्पु यादव ले गर्नुभयो भने संयोजकको जिम्मेवारी कृष्ण जोशी ले वहन गर्नुभयो। कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, युवा र विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।
सफा, हरित र स्वस्थ वातावरण निर्माण गर्दै धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सबैलाई जागरुक गराउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्।
‘समाजमा रहेको विपन्न, अशक्त र उत्पीडित वर्गको आवाज उठाउने, शिक्षा, स्वास्थ्य, सरसफाइ र वातावरणीय सचेतना फैलाउने हाम्रो अभियानलाई निरन्तरता दिनेछौं,’ हामी सबैको आवाज नेपाल का अध्यक्ष यादवले बताए।
कार्यक्रममार्फत सम्पदाको संरक्षण, सामाजिक एकता र नागरिक सहकार्यलाई अझ सबल बनाउन सकिने विश्वास लिइएको छ।
कार्यक्रमका फोटोहरु:-