पर्साको वीरगंज-१७ अलौंमा पत्रकार साह र राम को पहलमा निःशुल्क आँखा शिविर सम्पन्न 

0 Shares

विष्णु राम , १३ साउन वीरगंज । पर्साको वीरगंज महानगरपालिका वार्ड नं १७ अलौंमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।वीरगंज समुदायिक आँखा केन्द्र वीरगंजको सहयोगमा तथा पत्रकार विष्णु राम र पवन प्रसाद साह को पहलमा निःशुल्क आँखा शिविर संचालन भएको हो।

 

निःशुल्क शिविरमा ८७ जनाको आँखाको परीक्षण गर्दा १६ जनामा मोतिया बिन्दु फेला परेको लाई निःशुल्क शल्यक्रिया गर्ने तथा निःशुल्क औषधि बितरण गराएको वीरगंज समुदायिक आँखा केन्द्रका डा. प्रभात चौरसियाले बताए।

 

मोतिया बिन्दुको समस्या देखिएका बिरामीको यहि साउन १६ गते बिहिबार शल्यक्रिया हुने डा. चौरसियाले वताए ।

 

शिविरमा वीरगंज समुदायिक आखा केन्द्रका डा.प्रभात चोरसियाले आँखा चेकजाँच गरेका थिए भने आस्पतालका ओमप्रकाश चौधरीले चेकजाँचमा सहयोग गरेका थिए।

 

उक्त निःशुल्क आँखा शिविरमा राप्रपा अलौंका वडा इकाई सभापति छठु साह कानु, राप्रपा नेपाल पर्साका नेता उदित सहनी,जसपा पर्साका नेता बिरेन्द्र प्रसाद यादव,जादोलाल सहनी,पत्रकार विष्णु राम,समाजसेवी अमर यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै