जीवन कुमार राम जेठ २१
सुरुङ्गा खबर। सप्तरीको सुरुङा नगरपालिका–१० नं. वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन अन्तर्गत सुरुङा नगरपालिकाले प्राप्त गरेको यो सातौं उपलब्धि हो।
सामुदायिक सहभागिता, बाल अधिकारको प्रवर्द्धन तथा स्थानीय तहको सक्रियताका आधारमा सम्पन्न बालमैत्री वडा घोषणा कार्यक्रममा वडा अध्यक्ष चन्द्रनारायण यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उप–प्रमुख रुद्र बहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अतिथिका रूपमा सुरुङा नगरपालिका–८ का वडा अध्यक्ष श्याम प्रसाद साह, वडा नं. ९ का सन्त कुमार यादव, वडा नं. ११ का रामकुमार चौधरी, साथै नगर प्रवक्ता शिवदर्शन पासवान, कार्यपालिका सदस्यहरू सानी मन्डल, निर्मला चौधरी, राधा कुमारी राम, सबल नेपालका कर्मचारी, स्थानिय समाजसेवी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै नगर उप–प्रमुख कार्कीले बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि वडाले देखाएको सक्रियतालाई प्रशंसा गरे। उनले भने, “बालमैत्री वडा घोषणा केवल औपचारिकता होइन, यो प्रतिबद्धताको प्रतीक हो।”
वडा अध्यक्ष यादवले सम्पूर्ण बाल क्लब, वडा कार्यालय, पालिका परिवार, सरोकारवाला निकाय, संघ–संस्था, अभिभावक तथा समुदायका सबैलाई यो सफलताको श्रेय दिँदै हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरे।
बालबालिकामैत्री वातावरण सिर्जना गर्ने कार्यमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरिएको थियो।