अन्तरिम सरकार पनी कट्टर वाहुनवादी दलित विरोधी  अन्तरिम सरकारले गरेको मन्त्रीपरिषद विस्तार प्रती नेपाल राम समाजको आपती 

0 Shares

सुरुङ्गा खबर, काठमाणडौ ।

अन्तरिम सरकारले गरेको पछिल्लो मन्त्री परिषद विस्तार गरेर चमार समुदाय र समग्र दलित समुदायलाई अपमान गरेको प्रती घोर भर्तसन्हा गरी आपती जनाएका छन ।

नेपाल राम समाजका केन्द्रीय महासचिवले प्रेश विज्ञप्ती जारी गरी केही अगाडी मात्र अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा दलित समुदाय वाट डा रामजी रामको नाम मन्त्री सिफारिस गरेको र पछी ब्राह्यमनवादी सोच राखेर अर्कैलाई मन्त्री वनाएको प्रती आपती जनाएका हुन ।

अन्तरिम सरकारका प्रधानमन्त्री शुशिला कार्कीले पहिले नै डा रामजी रामको नाम मन्त्रीकालागी टुङ्गो लागिसकेको र सिफारिस समेत गरेको खुलासा गर्नुभएको थियो र पछी अर्कैलाई मन्त्री बनाएर सिङ्गो चमार समुदाय र दलित समुदायलाई अपमान गरेको प्रती विज्ञप्ती मार्फत भर्तसन्हा गर्नु भएको छ ।

सम्बन्धित समाचार

सबै