प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चमार समुदायबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दै – डा. रामजी राम

0 Shares

सुरुङ्गा खबर, सप्तरी। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी (GenZ) प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन्। प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार, आगामी सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

डा. रामजी राम

 

शुक्रबार साँझ प्राप्त जानकारी अनुसार, नयाँ चार मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ। जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बन्नेमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन्।

 

तयारी अनुसार, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामजी रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

 

प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नका लागि मन्त्रिपरिषद् पुनर्गठनलाई प्राथमिकतामा राखेकी बताइएको छ।

सम्बन्धित समाचार

सबै