लहानमा पिउने पानीको चरम अभाव, माओवादी केन्द्र अध्यक्ष यादवद्वारा तत्काल समाधानको माग

0 Shares

शियाराम यादव ,असार -२९
सुरुङ्गा खबर। नेकपा (माओवादी केन्द्र) लहान नगर अध्यक्ष हेमन्त कुमार यादवले लहान नगर क्षेत्रको विभिन्न वडाहरूमा सूखा र पिउने पानीको चरम संकट उत्पन्न भएको भन्दै नगर सरकार र जनप्रतिनिधिहरूको उपेक्षापूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।अध्यक्ष यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आवाज उठाउँदै भनेका छन् । “लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गतको माधोपुरलगायत सम्पूर्ण २४ वटै वडाहरूमा पिउने पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको छ। तर नगर सरकार र वडाध्यक्षहरू जिम्मेवारीबाट भागिरहेका छन्।”उनले सो संकटलाई जनताको जीवनसँग जोडिएको मौलिक अधिकारको उल्लंघन भन्दै तत्काल विशेष राहत प्याकेजमार्फत पानी व्यवस्थापन गर्न जोडदार माग गरेका छन्। अध्यक्ष यादवले नेपालको संविधान २०७२ को धारा अनुसार “प्रत्येक नागरिकको जीवन जिउने अधिकार” सुनिश्चित गरिनुपर्ने स्मरण गराउँदै, स्थानीय सरकारलाई तुरुन्त जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन्।स्थानीय बासिन्दाहरूले पनि लामो समयदेखि पानी अभाव झेल्दै आएकाले नगरपालिकाले तत्काल जल ढुवानी, ट्यांकर सुविधा र बोरिङ जडान जस्ता उपायमार्फत राहत दिनुपर्ने माग उठाउँदै आएका छन्।

सम्बन्धित समाचार

सबै