कबिर कुटटी, बटेशवर-४ मा गुरु पूर्णिमा विशेष धार्मिक कार्यक्रम सम्पन्न

0 Shares

सुरुङ्गा खबर सप्तरी। धनुषा – आषाढ २६ गते: गुरु पूर्णिमाको पावन अवसरमा बटेशवर गाउँपालिका वडा नं. ४ स्थित कबिर कुटटीमा विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। आयोजक कबिर कुटटी, बटेशवर-४ द्वारा आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, श्रद्धालु तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा कबिर कुटटीको स्थापना समारोह, जग्गा दाता स्व. सन्त श्री मोधरि दास साहेब तथा स्व. पुजारी भिखो दास साहेबको पावन समाधि स्थापना, भक्तिपूर्ण भजन-प्रवचन तथा विशाल भण्डारा विशेष रूपमा समावेश थिए।

उक्त अवसरमा गुरुजनहरूको चरणमा बन्दना गर्दै आध्यात्मिक चेतना र प्रेमको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक जगदीश रबीदासले जानकारी दिए।

कार्यक्रमले समाजमा धर्म, संस्कार र गुरु परम्पाको महत्वलाई अझ गहिरो रूपमा उजागर गरेको सहभागीहरूद्वारा उल्लेख गरिएको थियो।

सम्बन्धित समाचार

सबै