कनकपुरमा विधालय भर्ना अभियान

0 Shares

इन्द्र राम सुरुङ्गा खबर, सप्तरी।बैशाख २४ – सुरुङ्गा नगरपालिकाको वडा नं. ४ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय कनकपुरमा ‘विधालय भर्ना अभियान २०८२’ अन्तर्गत र्याली तथा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको आयोजनामा जन चेतना दलित संगम तथा सुरुगा नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

 

‘सबै बालबालिकाको विद्यालयमा सहभागीता सुनिश्चित गरौं, गुणस्तरीय शिक्षा सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यस अभियानमा कनकपुर विद्यालयको प्राङ्गणबाट सुरु भएको र्याली सुरुगा न.पा. वडा नं. ३ लक्ष्मीपुरसम्म गाउँ परिक्रमा गर्दै सम्पन्न भएको थियो।

 

र्याली तथा घरदैलो अभियानबाट विद्यालयमा उल्लेखनीय संख्यामा नयाँ विद्यार्थी भर्ना भएका छन्। विद्यालयका प्रधानाध्यापक मञ्जु यादवका अनुसार हालसम्म ७ जना दलित बालबालिकाको जन्मदर्ता नहुँदा भर्नामा समस्या देखिएको छ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमन यादव, अन्य सदस्यहरू, शिक्षक शिक्षिका, अभिभावक, जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र राम तथा अन्य समाजसेवी गरी करिब २५० जनाको सहभागिता रहेको थियो।

 

फ्रिडम फन्डको सहयोगमा जन चेतना दलित संगमद्वारा सुरुगा न.पा., खडक न.पा., बलानबिहुल गाउँपालिका, अग्निसार कृष्ण सावरण गाउँपालिका तथा सप्तकोशी न.पा.का गरी २० वटा विद्यालयहरूमा भर्ना अभियान सञ्चालन गरिएको छ।

 

नयाँ भर्ना भएका हरवा-चरवा वर्गका दलित बालबालिकाका लागि कुल १० वटा ट्यूसन केन्द्र सञ्चालनमा छन्। गत वर्ष ३०० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएकोमा यस वर्ष २०२५ मा १५० जना अत्यन्त जेहेन्दार तथा हरवा-चरवा वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी दिनुभयो।

 

छात्रवृत्तिमा स्कुल झोला, कापी, पेन्सिल, इरेजर, कटर, विद्यालय पोशाक लगायत प्रति विद्यार्थी २५०० रुपैयाँ बराबरको सामग्री वितरण गरिने योजना रहेको छ।

सम्बन्धित समाचार

सबै