सुरुङ्गा सम्बाददाता
चमार समुदायका लागि गर्वको विषय बनेको छ। पुजा कुमारी राम तथा नन्दन राम वकालत पेशामा प्रवेश गर्दै वकालतको लाइसेन्स प्राप्त गर्न सफल भएका छन्। उनीहरूको यो उपलब्धिले समुदायमा खुशी र उत्साहको वातावरण सिर्जना गरेको छ।
लामो समयको मेहनत, धैर्य र निरन्तर प्रयासपछि उनीहरूले यो महत्वपूर्ण सफलता हासिल गरेका हुन्। कानुनको क्षेत्रमा प्रवेश गर्दै उनीहरूले अब औपचारिक रूपमा कानुनी सेवा प्रदान गर्न पाउने भएका छन्।
समुदायका अगुवा तथा स्थानीय व्यक्तिहरूले उनीहरूको उपलब्धिलाई प्रशंसनीय भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण चमार समुदायका लागि प्रेरणादायी उदाहरण बनेको बताइएको छ।
अब उनीहरूले न्याय, सत्य र समानताको मार्गमा अघि बढ्दै समाजमा न्याय स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनीहरूको आगामी यात्रा अझ सफल र उज्यालो रहोस् भन्ने कामना समुदायले व्यक्त गरेको छ।