सुरक्षित वैदेशिक रोजगारी र लगानी सुनिश्चितताको एजेन्डासहित सचिव पदमा राजेन्द्र अर्यालको उम्मेदवारी 

0 Shares

सुरुङ्गा सम्बाददाता

काठमाडौं । आगामी मार्च १४–१६ मा आयोजना हुन गइरहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् को १२औँ बृहत् एकता महाधिवेशनमा सचिव पदका लागि राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरूमा कार्यरत श्रमजीवी नेपालीहरूको प्रतिनिधित्व गर्दै सुरक्षित र मर्यादित वैदेशिक रोजगारको सुनिश्चितता तथा श्रमिकको नेपालमा न्यूनतम लगानीको वातावरण सुदृढ गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको अर्यालले बताएका छन्।

उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको हकहित, अधिकार संरक्षण तथा उनीहरूको आर्थिक सशक्तीकरणका सवाललाई संघको अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, श्रमिकमैत्री नीतिगत पहलमार्फत नेपालभित्र उत्पादनशील क्षेत्रमा न्यूनतम लगानी सुनिश्चित गर्न पहल गर्ने उनको भनाइ छ।

उक्त जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने अठोट व्यक्त गर्दै अर्यालले महाधिवेशनबाट आफूलाई सचिव पदमा निर्वाचित गराउन गैरआवासीय नेपाली संघका अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरू समक्ष साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिल गरेका छन्।

उक्त महाधिवेशनमा विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै