0
Shares
सुरुङ्गा सम्बाददाता
कडरबोना। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–१२, अर्नाहा जितपुर निवासी धर्म देव मण्डल (उमेर अन्दाजी ३७–३८ वर्ष) विगत करिब १५ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ।
उहाँ पछिल्लो करिब १ वर्षदेखि भारतको पञ्जाबमा काम गर्दै आउनुभएको थियो। घर फर्किने क्रममा रेलवे स्टेशन क्षेत्रबाट सम्पर्क टुटेको र हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
यदि कसैले उहाँलाई देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै जानकारी भएमा, कृपया नजिकको प्रहरी कार्यालय वा तल दिइएको सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ।
सम्पर्क नम्बर: +९७७–९८६०९११३६२
सहयोगका लागि सबैमा हार्दिक अनुरोध।